१७ कात्तिक, काठमाडौं । एनसेलले ‘भिडियो फर नेपाल’ अभियान अन्तर्गतको फाइनल भिडियो रिलिज गरेको छ । फाइनल भिडियोले अभियानको उद्देश्य बमोजिम देशको सुन्दरतालाई उजागर गर्दै पर्यटकलाई सकारात्मक सन्देश दिई नेपाल आउन प्रेरित गरको छ ।
साउन १७ बाट सुरु भएको यो अभियानअन्तर्गत ईच्छुक व्यक्तिहरुलाई नेपालको बारेमा रोचक भिडियो खिचेर एनसेलमा पठाई लअभििपर्यटन प्रवर्द्धनमा योगदान पुर्याउन आहृवान गरिएको थियो । यसमा १५० भन्दा बढीले नेपालको प्राकृतिक तथा भौगोलिक सौन्दर्य, कला, संस्कृती, पोशाक, जीवनशैली लगायतका विभिन्न विषयवस्तुलाई आफ्नै शैलीमा प्रस्तुत गरी नेपालको बारेमा एउटा भिडियो खिचेर भदौ १३ गतेभित्र एनसेलमा पठाएका थिए ।
यी भिडियोमध्ये ४० उत्कृष्ट भिडियोहरु समायोजन गरी नेपालको बारेमा यो फाइनल भिडियो बनाइएको हो । विषयवस्तु, गुणस्तर लगाएतका विभिन्न मापढण्डका आधारमा ती ४० भिडियोहरु छानिएका थिए ।
यो फाइनल भिडियो फेसबुक र युट्युब लिङ्कमा हेर्न सकिन्छ । यसले विश्व सामुदायमाझ सामाजिक संजालहरु मार्फत नेपाल एक अलौकिक सौन्दर्यले भरिएको देश हो, जुन अझै पनि पर्यटकीय दृष्टिकोणबाट सुरक्षित छ र पुग्नै पर्ने गन्तव्य हो भन्ने सन्देश फैलाउन योगदान पुराउने विश्वास छ ।
‘भिडियो फर नेपालमा सहभागी भई यो राष्ट्रिय पहलमा योगदान पुर्याउनु हुने सबैमा हामी धन्यवाद व्यक्त गर्दछौं । सबैको योगदानमा निर्मित यो भिडियोले देशको पर्यटकीय आकर्षणलाई विश्व बजार सामु थप उजागर गर्दै पर्यटकमाझ सकारात्मक सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास छ’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने( ‘यो भिडियो देश भित्र अथवा बाहिर बस्ने आफ्ना साथीभाई तथा आफन्तहरुसँग सेयर गरी पर्यटन प्रबर्द्धनमा योगदान गर्नहुन पनि हामी हार्दिक अनुरोध गर्दछौं ।’
छनौटमा परेका ४० वटा भिडियोका निर्माताको नाम भिडियो फर नेपालको फाइनल भिडियोमा सधन्यवाद क्रेडिट गरिएको छ । साथै दश लाख सेकेन्डको अननेट टकटाइम पनि उपहार स्वरुप प्रदान गरिनेछ । यसरी प्राप्त टक टाइम ३० दिनसम्म मान्य हुनेछ ।
एनसेलले ‘भिडियो फर नेपाल’को भिडियो रिलिज
Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar

0 comments
Any Comments?