टि्वटरले गर्यो परिवर्तन, अब कम्तिमा ५ हजारलाई फलो गर्न सकिने

माइक्रोब्लगिङ साइट ट्विटरमा अब कम्तिमा ५ हजार जनासम्मलाई फलो गर्न सकिने भएको छ । यसअघि सम्म २ हजार ट्विटर अकाउण्ट सम्मलाई मात्र फलो गर्न सकिनेमा ट्विटरले उक्त सीमालाई न्युनतम ५ हजार पूराएको हो ।

ट्विटरले आफ्नो सपोर्ट पेजको माध्यमबाट यस्तो जानकारी दिएको छ ।

अबदेखि पाँच हजार अकाउण्टसम्म सबैले फलो गर्न सक्नेछन् । तर त्यसभन्दा माथि फलो गर्न सकिने सीमा भने फरक फरक हुनेछ । कुनैपनि प्रयोगकर्ताको फलोअर्स कति छन् भन्ने आधारमा उसले फलो गर्नसक्ने संख्याको अधिकतम सीमा निर्धारण हुने बताइएको छ ।

ट्विटरको पोष्टमा भनिएको छ स्  जब तपाइँ उक्त सिमासम्म पुग्नुहन्छ, तपाइँको ब्राउजरमा एरर मेसेजको साथ हामी तपाइँलाई जानकारी दिन्छौँ । ट्विटरका अनुसार फलोअर्सको संख्या जति धेरै भयो सोही अनुपातमा फलो गर्न सकिने संख्याको अधिकतम लिमिट तय हुनेछ ।

ट्विटरले आफ्ना प्रयोगकर्ताका फलोअर्सको संख्यामा भने कुनै पावन्दी नलगाउने बताएको छ । तर प्रयोगकर्ताले कति तिव्र रुपमा अरुलाई फलो गर्छ भन्ने कुराको भने अनुगमन गर्नेछ । साथै ट्विटरले कुनै नक्कली तथा बल्क फलोइंग तथा अनफलोइंगलाई अनुमति नदिइने जनाएको छ ।

स्मरण रहोस् ट्विटरले पछिल्लो समयमा प्रयोगकर्तामैत्री विभिन्न फिचर्सहरु थप गर्दै आएको छ । केही समयअघि मात्र ट्विटरले जनमत सेवा सुरु गरेको छ । जसअन्तरगत प्रयागकर्ताले जनमत संकलन गर्न सक्छन् र कुनैपनि विषयमा अन्य प्रयोगकर्ताको राय संकलन गर्न सक्छन् । यसमा प्रयोगकर्ताले उत्तरका दुइ विकल्प भएको प्रश्न सोध्न सक्छ जसमा २४ घण्टासम्म अन्य प्रयोगकर्ताले उत्तर पेश गर्न सक्छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar