चलचित्र ‘हेट स्टोरी–३’: कामुक दृश्यले ट्रेलर नै भाइरल
काठमाडौं, कार्तिक १८ । कतिपय चलचित्रहरुमा कामुक दृश्य देखाइएको छ भने सुपर फ्लप भएको प्रशस्त उदाहरणहरु छन् । तर बलिउडको एउटा चलचित्रले भने राम्रो चर्चा बटुलेको छ । युट्यूबमा सार्वजनिक भएको ट्रेलर भाइरल नै बनेको छ ।
मोटी अभिनेत्रीका रूपमा चिनिएकी जरिन खानको कामुक दृश्य भएको ‘हेट स्टोरी–३’ ट्रेलर झण्डै दुई करोडले हेरिसकेका छन् । ट्रेलर रिलिज भएको दुई दिनमा मात्र ५० लाखले हेरेका थिए ।
चलचित्र ‘वीर’ मार्फत बलिउड चलचित्रमा डेब्यू गरेकी तर असफल अभिनेत्रीको सूचीमा परेकी जरिन खान ‘हेट स्टोरी–३’ मा भने निकै कामुक तथा आकर्षक देखिएकी छिन् ।
‘हेट स्टोरी–३’ विशाल पाण्डेयाको निर्देशनमा बनेको चलचित्र हो । यसको ट्रेलर केहि दिन अगाडी सार्वजनिक भएको हो जसमा कामुक दृश्य देख्न सकिन्छ । अधिकांश दृश्य ‘बेडसिन’ रहेका छन् ।
यस चलचित्रमा सलमान खान अभिनित चलचित्र ‘जय हो’की हिरोइन डेजी शाहको पनि उत्तेजक दृश्य देख्न सकिन्छ ।
चलचित्रमा डेजी शाह, जरीन खानको अलवा शरमन जोशी र करन सिंह ग्रोवरको मुख्य भुमिका रहेको छ । चलचित्र डिसेम्बरमा रिलिस गर्ने तयारी भइरहेको छ । (एजेन्सी)


0 comments
Any Comments?