‘बाहुबली–३’ पनि बन्ने
मुम्बई, कार्तिक १० । निर्देशक एसएस राजामौलीले भारतको सर्वाधिक सफल चलचित्र ‘बाहुबली’ को तेस्रो संस्करणसमेत निर्माण गर्ने घोषणा गरेका छन् ।
बाहुबलीको दोस्रो भागको निर्माणमा जुटेका उनले सोही शृंखलाको तेस्रो चलचित्र पनि निर्माण गर्ने बताएका हुन् । तर तेस्रो चलचित्रको सम्बन्ध अघिल्ला दुई चलचित्रसँग नहुने उनको प्रष्ट पारेका छन् ।
उनले ट्वीटरमार्फत जानकारी दिदैं लेखेका छन्, ‘बाहुबली–३ का बारेमा मैले योजना बनाइसकेको छु, तर अघिल्ला दुई भागका लागि लेखिएको कथालाई तेस्रो भागमा अघि बढाइने छैन ।’
उनले ‘बाहुबली–३’ लाई दर्शकले पहिला कहिल्यै अनुभव नगरेकोजस्तो पृथक बनाउने दाबी गरेका छन् ।
‘बाहुबली–२’ को छायांकन ४० प्रतिशत पुरा भइसकेको छ । बाँकी छायांकन नोभेम्बरको मध्य वा डिसेम्बरको सुरुबाट थालिने जनाइएको छ ।
यसै वर्ष प्रदर्शन भएको ‘बाहुबली’ बलिउड कै इतिहासमा सर्वाधिक सफल चलचित्र मानिएको छ । (एजेन्सी)


0 comments
Any Comments?