अत्याधुनिक ब्रा, जसले गर्नेछ स्तन क्यान्सरको उपचार

स्मार्ट प्रविधिको तिब्र आविष्कार सँगै मानिसको जिवनशैली समेत स्मार्ट बन्दैछ र स्मार्ट उपकरणहरुले हाम्रो जिवनमा ठूलो भूमिका खेल्न थालेका छन् । यो वर्ष सन् २०१५ लाई विश्लेषकहरुले स्मार्ट पहिरनहरुको वर्ष समेत भन्ने गरेका छन् । विश्वका विभिन्न कम्पनीहरुले स्मार्ट घडी देखि लिएर स्मार्ट चस्मा तथा स्मार्ट जुत्ता समेत बनाइसकेका छन् ।  

स्मार्ट पहिरनको दौडमा एक कदम अगाडि बढ्दै वैज्ञानिकहरुले स्मार्ट ब्रा को निर्माण गरेका छन् जसले स्तन क्यान्सर तथा अन्य विभिन्न खाले चोटपटकको जोखिमबाट समेत बचाउँछ । बेलायतको लण्डनस्थित सेन्ट्रल सेन्ट मार्टिन्समा अध्ययनरत सराह डा कोष्टा नामका अनुसन्धानकर्ता विद्यार्थीले ‘दी फक्सलिफ ब्रा’ नामको स्मार्ट ब्रा को निर्माण गरेका हुन्। अन्तरवस्त्रको ब्राण्ड एजेन्ट प्रोभोकेटरको सहयोगमा उनले यो चमत्कारी ब्रा को विकाश गरेका हुन् ।
यो ब्रा को भित्रपट्टकिो भागमा स-साना थैलीमा ट्यामोक्जिफेन नामक औषधि राखिएको हुन्छ । सरीरको तापक्रम तथा पसिनाले यो थैलीलाई रगड्ने तथा खियाउने हुँदा यी थैलीमा रहेको औषधि स्तनको बाहिरी छालामा पुगी विस्तारै स्तन कोषिकाले उक्त औषधि सोस्दछ । यो औषधिले वेस्ट्रोजेन हर्मोनलाई रोक्ने काम गर्दछ जसका कारण स्तनका क्यान्सर कोषिकाहरुको वृद्धिदरलाई घटाउँछ ।
कतिपय स्तन क्यान्सरपीडित महिलाहरुले ट्यामोक्जिफेन औषधिको सेवन गर्दा सरीरले नसहने तथा साइड इफेक्ट हुने परिप्रेक्ष्यमा यो ब्रा मार्फत औषधि प्रवाह गर्ने आइडिया निकै कामयावी हुने देखिएको छ । यस अर्थमा यो स्मार्ट ब्रा स्तनक्यान्सर पीडित तथा स्तन क्यान्सरको जोखिममा रहेका महिलाहरुको लागि वरदान सावित हुने दाबी गरिएको छ । यो ब्राले प्रदान गर्ने औषधिलाई स्तन कोषिकाले कुन दरमा सोस्दछ भन्ने कुरा पत्ता लगाउन परीक्षणको तयारी भैरहेको बताइएको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar