विश्वकै पहिलो ‘स्यान्ड क्यासल’: बालुवाले बनाइएको होटल

बालुवाको घर, सुन्दा अनौठो भएपनि नेदरल्याण्डका मूर्तीकारहरुले एक होटल बनाएका छन, बालुवाले बनाइएको विश्वकै पहिलो होटल, ‘स्यान्ड क्यासल’। नेदरल्याण्डको ओस शहरमा बनेको यो होटलमा एउटै मात्र कोठा छ जसको लागि एक रातको करिब १८ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ।होटलका म्यानेजर वेन लीवेनले भने, ‘यो होटल बनाउने आइडिया फिनल्याण्ड र स्वीडेनबाट आएको हो, जहाँ बरफको होटल बनाइएको थियो। जसमा बरफले नै बनेको खाट छ, अनि कोठाको तापक्रम ८ डिग्रीसेन्टीग्रेड भन्दा तल हुने गर्छ। हामी केही मूर्तीकारहरुको साथ बरफ अनि बालुवामा काम गर्दै थियौं, त्यसबेला सोच आयो, बालुवाकै होटल बनाउँदा कसो होला?’बालुवाले बनेको यो अनौठो होटल बनाउन सयौं टन बालुवा जम्मा गरिएको थियो। काठले होटलको ढाँचा तयार गरियो, बालुवा नझरोस् भनी। बालुवाकै छत, भुईँ अनि ढोका बनाइएको थियो।ग्राहकको लागि वाइ-फाइ, पानी, बत्ति जस्ता सबै जरुरी सुविधा होटलमा छ। कोठासंगै सबै सुविधा भएको ‘एटेच्ड बाथरुम’ पनि छ। बालुवा कै आकृतिहरु प्रयोग गरि कोठा सजाइएको छ।यस्तै होटल अर्को २०१६ मा ब्रिटेन र जर्मनीमा पनि बनाउने तयारी रहेको बताइन्छ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar