सरकार र आन्दोलनकारी झन् टाढिए, मध्यस्थता गर्ने कोही भएन

१९ कात्तिक, काठमाडौं । सरकार र आन्दोलनरत मधेसी मोर्चाबीच दूरी घट्नुको सट्टा थप बढ्न थालेको छ । दुवै पक्षबीच दूरी घटाएर थप वार्ताको वातावरण बनाउन मध्यस्थकर्ताको भूमिकामा पनि कोही छैनन् । सरकार र आन्दोलनरत पक्षका वार्ताटोलीबीच तीन चरणमा औपचारिक वार्ता भयो । तर, उनीहरूबीच मुद्दामा सहजीकरण नहुँदा वार्ता निष्कर्षतर्फ जान सकेको छैन ।यसअघि मध्यस्थकर्ताको भूमिकामा देखिएकाहरू अहिले निष्क्रिय छन् । दुवै पक्षबीच मध्यस्थकर्ता अभावमा राजनीतिक मुद्दा सल्टाउन समस्या भएको पूर्वराजदूत विजयकान्त कर्णले बताए । 
‘सरकार र आन्दोलनरत पक्षबीच औपचारिक वार्ता नै सुरु भएकाले अहिले मध्यस्थता आवश्यकता नठानिएको हुन सक्छ,’ कर्णले भने, ‘तर मध्यस्थता भएमा मुद्दा सल्टाउन दुवै पक्षलाई दबाब पर्छ ।’ दुवै पक्षबीच बढेको दूरी कम गराउन र वार्ताको वातावरण बनाउन मध्यस्थकर्ताको भूमिका आवश्यक हुने सद्भावनाका महामन्त्री मनीष सुमनले बताए ।उनले भने, ‘तर, कसैले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको भन्नेबारे अहिलेसम्म जानकारी छैन ।’ सरकारी वार्ताटोलीका सदस्य अग्नि खरेलले पनि वार्ताटोलीबीच अनौपचारिक कुराकानी जारी राख्ने सहमतिमा आइतबारको वार्ता टुंगिएको बताएको नयाँ पत्रिकामा खबर छ ।वार्ताटोलीबीच अनौपचारिक कुराकानी गरी सहमतिको वातावरण बनाइने उनको भनाइ छ । 
प्रधानमन्त्री निर्वाचनअघि केही मधेस अधिकारकर्मीसहितको टोलीले अनौपचारिक रूपमा वार्ताका लागि मध्यस्थताको भूमिका खेलेका थिए । सुन्दरमणि दीक्षित, विजयकान्त कर्ण, तुलानारायण साह, दीपेन्द्र झालगायतको टोलीवार्ता वातावरण बनाउन सक्रिय थियो । यो टोलीले कांग्रेस, एमाले, एमाओवादीका नेता र मधेसका आन्दोलनरत दलका नेताहरूबीच वार्ताका लागि दबाब दिएको थियो ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar