Sports
»
बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण नजिक
बार्सिलोना च्याम्पियन्स लिगको नकआउट चरण नजिक
१९ कात्तिक, काठमाडौं ।
बाटे बारिसोभलाई पराजित गर्दै साविकको विजेता बार्सिलोना च्याम्पियन्स लिग
फुटबलको नकआउट चरण नजिक पुगेको छ बुधबार राति भएको खेलमा बार्सिलोनाले
बाटेलाई ३–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका
लागि नेयमारले दुई गोल गरे भने एक गोल लुइस स्वरेजको थियो ।बार्सिलोनाले ३०
औं मिनेटमा नेयमारको पेनाल्टी गोलबाट अग्रता लिएको थियो । मुनिरलाई फल
गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो, त्यसमा नेयमारले कुनै गल्ती
गरेनन् ।६० औं मिनेटमा स्वरेजले गोल गर्दै अग्रता दोब्बर पारे भने ८३ औं
मिनेटमा नेयमारले व्यक्तगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को जित
दिलाएका छन् ।तीन जित र एक बराबरीपछि बार्सिलोना १० अंकका साथ समूह ईको
शीर्ष स्थानमा छ ।
रोमाको पहिलो जित
इटालियन क्लब रोमाले भने च्याम्पियन्स लिगमा पहिलो जित हात पारेको छ । उसले
बार्यन लिभरकुसनलाई ३–२ ले हराएको छ र ५ अंकका साथ समूहको दोस्रो स्थानमा
उक्लिएको छ ।तेस्रो स्थानमा रहेको लिभरकुसनको ४ अंक छ भने ३ अंकसहित बाटे
पुछारमा छ ।
0 comments
Any Comments?