पहिलो सहवासमा महिलाको मनमा उठ्ने डर

पहिलो सहवास महिलाको लागि शारीरिक रुपमा पीडादायी मात्र होइन मानसिक तथा भावनात्मक रुपमा पनि निकै कठीन हुन्छ । पहिलो सम्भोगको विषयलाई लिएर महिलाहरुको मनमा विभिन्न खालका डरहरुले बास गरेको हुन्छ । त्यसैले कौमार्य भंग गर्ने विषय महिलाको लागि निकै कठीन कुरा हुन्छ । पहिलो सहवासलाई लिएर महिलाको मनमा पलाउने डर यस्ता छन् :

यदि मैले दुखाइ सहन सकिन भने ? साथीसँगीहरुका अनुभव, बजार हल्ला तथा फिल्म र किताबहरुमा सुने, पढेका कुराहरुका कारण उनीहरुमा यो कुराको डर अझै बढेको हुन्छ ।
थाहा छैन कति ब्लिडिंग हुन्छ, यदि धेरै रगत बग्यो भने के गर्ने ? यो डरले उनीहरुलाई निकै बढि सताएको हुन्छ । अझ रगत देख्दै रिंगटा लाग्ने अर्थात् डराउने महिलाका लागि यस विषयको डरले निकै डेरा जमाएको हुन्छ ।
यदि म गर्भवती भएँ भने ? सुरक्षित सेक्सका अनेक तरिकाहरुको बारेमा जानकारी हुनुका बाबजुत पनि केटीहरुको मनमा यो कुराको डर रहिरहेको हुन्छ । चाहे पहिलोपटकको सेक्स होस् वा नियमित सेक्स नै किन नहोस्, अनिच्छित गर्भ रहने डरले महिलाको सम्भोगको आनन्दलाई नै खल्बलाएको हुन्छ ।
ब्वायफ्रेण्डले छोड्यो भने ? यो डर प्रेम सम्बन्धमा रहेका अविवाहित युवतीहरुमा हुने सबैभन्दा ठूलो डर हो । कतिपयले त यहीँ डरकै कारण प्रेमीको चित्त बुझाउनकै लागि नचाहँदा नचाहँदै सेक्समा संलग्न हुन बाध्य हुन्छन् । सेक्स नगरेमा ब्वायफ्रेण्ड आफुलाई छोड्नसक्ने डर हुन्छ उनीहरुमा । अर्कोतर्फ एकपटक सेक्सको मज्जा लिएपछि ब्वायफ्रेण्डले आफुबाट पाउनुपर्ने सबै चिज पाउने र त्यसपछि आफुलाई मतलब नगर्ने खतरा समेत हुने डर उनीहरुमा हुन्छ ।
सम्भोगमा मेरो पर्फमेन्स राम्रो भएन भने ? आम रुपमा यो डर पुरुषमा बढि हुन्छ । सोही कारण पुरुषहरु सेक्सपछि पार्टनरसँग गफ गर्न अनकनाउँछन् । तर यो डर महिलामा पनि हुन्छ । यद्यपि उनीहरुले यो कुरा लुकाउँछन् ।
मेले सहवास गरेको अरुले थाहा पाए भने ? सम्भोगको कुरालाई लिएर अविवाहित युवतीहरुमा सबैभन्दा ठूलो नैतिक संकट हो यो । कुनै पुरुषसँग आफुले सेक्स गरेको कुरा परिवार तथा समाजले थाहा पायो भने आफ्नो हालत के होला ? भन्ने डर हुनु स्वभाविकै हो ।
रोग पो लाग्ने हो की ? जर्मोफोबिक अर्थात् किटाणुदेखि डराउने मानिसहरु अन्य मान्छेसँग हात मिलाउन समेत डराउँछन् । कतै संक्रमण सर्छ की भन्ने डर हुन्छ उनीहरुमा । यस्ता मानिसहरुका लागि सेक्स भन्ने कुरा त परेको चिज भयो । त्यसैले कतिपय महिलाहरु आफ्नो पहिलो सम्भोगमा रोगको संक्रमण, खासगरी यौनरोगको स.क्रमणको डरले सताइएका हुन्छन् । भलै उनीहरुले सुरक्षित रुपमा सम्भोग गरेका किन नहोउन् ।
कतै म नपुंशक त होइन ? सम्भोगपछि मात्र मानिसले आफुलाई यौनिक रुपमा सक्षम प्रमाणित गर्दछ । तर एकपटक पनि सम्भोग नगरेको मानिसमा म कतै यौनिक रुपमा असक्षम पो छु की ? भन्ने डर हुन्छ । पहिलो सहवासमा आफु असक्षम ठहरिएमा आफ्नो एसेक्सुअल भएको कुरा पत्ता लाग्ने डर पनि मनमा कताकता हुन्छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar