लम्जुङे युवाले बनाए खाना पकाउने ग्यास, सरकारले वास्ता गरे नाकाबन्दीको विकल्प बन्न सक्ने
कात्तिक २०। भारतको नाकाबन्दीको प्रभाबका कारण काठमाडौं लगायत देशका अधिकांस ठाउमा खाना पकाउने ग्यासको अभाबले नागरिकहरुले कस्टकर दैनिकी विताउन वाध्य छन। यस्तो दुस्खद घडीमा लमजुङ करापुटार नगरपालीका लक्ष्मि बजारका युवा बैज्ञानीक रदि मियाले बनस्पतिबाट खाना पकाउने ग्यास बनाएर सबै नेपालीलाई खुशी दिएका छन। युवा बैज्ञानिक रदी मियाले दिएको जानकारी अनुसार गाउँमा पाईने विभिन्न सामाग्री प्रयोग गरेर ग्यास उत्पादन गरेका हुन।गाउघरमा पाइने बनस्पती प्रयोग गरेर ग्यास उत्पादन गरेको उनले बताएका छन। उनले दिएको जानकारी अनुसार खाना पकाउने ग्यास उत्पादन गर्दा सालधुप, बाँसको पानी लगायतका समाग्रीलाई मिसाएर ग्यास उत्पादन गरिएको हो। ग्यास उत्पादन सफल भएको दाबी गर्दै रदी मियाले ‘यस्ले बजारमा पाइने खाना पकाउने ग्यासले जस्तै काम गर्दछ। मैले आँफैले प्रयोग गरेर पनि हेरे।’ भनेका छन। भारतको नाकाबन्दी पछी नेपालीहरुले भोगेको दुस्खको समाधान खोज्दै गर्दा आफुले बनस्पतीबाट खाना पकाउने ग्यास उत्पादन गरेको रदी मियाले बताएका छन। मियाले आफुले गरेको काम अन्य नेपाली युवाहरुका लागि पनि प्रेणा बन्ने र नेपालीहरुमा आत्मनिर्भर र स्वाभिमानी बन्नुपर्छ भन्ने भावनाको विकास हुने विश्वाश व्यक्त गरेका छन। रदी मियाले बनस्पतीबाट उत्पादन गरेको खाना पकाउने ग्यासको थप अनुसन्धान र राज्यबाट वास्ता हुन सकेमा नेपालमा नै खाना पकाउने ग्यास उत्पादन गर्न सकिने स्थानियले बताएका छन। युवा बैज्ञानीक रदी मियाले यस अघी पनि अल्ट्रा लाइट बनाएर चर्चामा आएका थए। यद्दपी मियाले बनाएको उक्त अल्ट्रा लाइटले सफल उडान गर्न सकेको थिएन। पहिलाको अल्ट्रालाईटलाई लामो रन वे चाहिने भएका सफल उडान हुन नसकेको बताउदै रदी मियाले(‘अहिले छोटो दुरीमा नै टेक अप लिन सक्ने अल्ट्रा लाईनट बनाउदै छु। भनेका छन। च्भबम mयचभ बतस् जततउस्ररदष्शउबतष्।अयmरबचअजष्खभकरज्ञद्दठढद्द

0 comments
Any Comments?