एमाओवादीका चार नेतालाई हटाइने, देवेन्द्र र हिसिलालाई स्पष्टीकरण

बाबुराम समूहसँग प्रचण्ड पक्ष नझुक्ने
१८ कात्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादीको स्थायी कमिटी बैठकले चारजना केन्द्रीय नेताहरुलाई पार्टीबाट निस्कासन गर्ने समझदारी गरेको छ । त्यसैगरी देवेन्द्र पौडेल र हिलिा यमी लगायतका नेतालाई स्पष्टीकरण सोध्ने बैठकले निर्णय गरेको छ ।बुधबार बिहान प्रचण्डको अध्यक्षतामा बसेको बैठकले पहिल्यै स्पष्टीकरण सोधिसकिएका केन्द्रीय नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान र रामकुमार शर्मालाई पार्टीकाट निस्काशन गर्ने समझदारी भएको हो ‘बाबुराम भट्टराईले पार्टी परित्याग गरेकै बेला उहाँहरुलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो, त्यसैले अब स्पष्टीकरण सोधिरहनुपरेन, यहाँहरुलाई हटाउनुपर्छ भन्ने मत बैठकमा आएको छ’ बैठकपछि एक नेताले अनलाइनखबरसँग भने- तर हडाउने औपचारिक निर्णय चाँहि भइसकेको छैन ।
अरुलाई स्पष्टीकरण
स्थायी कमिटी बैठकले नयाँ शक्ति बनाउने भन्दै पार्टी कार्यालयमा पत्र बुझाउने ४५ जना नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल, हिसिला यमीलगायतका नेताहरुलाई अहिले लिएको बाटो गलत भएको भन्दै आत्मालोचना गरेर पार्टीमा एकतावद्ध हुन आग्रह गर्दै स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकपछि एक नेताले जानकारी दिए ।यसअघि एमाओवादीको केन्द्रीय समिति बैठकले डा. बाबुराम भट्टराईको हकमा पनि राजीनामा दिनु गल्ती भएको ठहर गर्दै पार्टीमा र्फकन आग्रह गर्ने निर्णैय गरेको थियो ।
केपी ओली प्रधानमन्त्री चुनिने बेलामा २९ जनाले संयुक्त वक्तव्य निकालेपछि रामरिझन यादव र रामचन्द्र झा लगायतलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो ।यसैवीच बाबुराम पक्षधर भनेर चिनिएका एमाओवादीका १८ केन्द्रीय सदस्यसहित ४५ जना नेताले मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा पत्र बुझाएर नयाँ शक्तिमा लाग्ने जानकारी गराएका थिए ।
प्रचण्ड पक्ष कडा
यसैवीच विद्रोही नेता देवेन्द्र पौडेलले केन्द्रीय कमिटी भंग गरी महाधिवेशन गर्ने निर्णय भएमा सहकार्य गर्न तयार रहेको अभिव्यक्ति दिए पनि प्रचण्ड पक्षले बाबुराम समूह नझुक्ने मानसिकता बनाएको बुधबारको स्गायी कमिटी बैठकबाट स्पष्ट भएको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar