रियाल मड्रिड र म्यान्चेस्टर सिटी प्रि क्वाटरफाईनलमा प्रवेश
यही समुहको अर्को खेलमा मंगलबार राति स्विडेनको माल्मोले युक्रेनको
शख्तरलाई १-० ले हरायो । उता समुह डी को खेलमा सेभियालाई ३-१ ले हराँउदै
म्यान्चेस्टर सिटी पनि राउण्ड अफ सिक्सटिनमा प्रवेश गरेको छ । खेलमा
सिटीलाई विजयी गराउन राहिम स्टर्लीङ, फर्नान्डीनो र विल्फ्रेड बोनीले एक एक
गोल गरे । यो समुहको अर्को खेलमा ईटालीको युभेन्टस र जर्मनीको बोरुसीया
मोन्चेनले १-१ गोलको बराबरी खेलेका छन् । यसैगरी समुह बी को खेलमा
इंग्लण्डको म्यान्चेस्टर युनाईटेडले रुसको सि.एस.के.ए मस्कोलाई १-० ले
हरायो । खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन वायन रुनीले निर्णायक
गोल गरे ।
जितसँगै म्यानचेस्टर युनाईटेड समुहको शिर्ष स्थानमा उक्लिएको छ । यही
समुहको अर्को खेलमा नेदरल्याण्ड्सको पि.एस.भी.ले जर्मनीको उल्फवर्गलाई २-०
ले पराजित गर्यो । च्याम्पियन्स लिग अन्तर्गत समुह सि का खेलहरुमा
पोर्चुगलको बेनीफीकाले टर्कीको गालातासारेलाई २-१ ले हराँउदा स्पेनको
एथ्लेटिको मड्रिड र काजखस्तानको एस्टानाले गोलरहित बराबरी खेलेका छन् ।
च्याम्पियन्स लिग फुटबलमा आज राती समुह ई देखि एच सम्मका आठ खेल हुनेछन् ।
संकटग्रस्त क्लव चेल्सीले युक्रेनको डाईनामो किभसँग खेल्दा अर्को इंग्लीश
क्लव आर्सनलले जर्मनीको बायर्न म्युनिखसँग उसैको मैदानमा खेल्नेछ ।

0 comments
Any Comments?