मोरिन्होलाई ६४ लाख जरिबाना

काठमाडौँ, १७ कात्तिक - इंग्लिस क्लब चेल्सीका प्रशिक्षक जोस मोरिन्होमाथि एक खेलमा स्टेडियम उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लागेको छ। गएको कात्तिक ७ गते शनिबार राति वेष्ट ह्यामसँग भएको खेलको क्रममा खेल नियम भन्दा बाहिरको व्यवहार गरेकोमा दोषी पाइएपछि फुटबल एसोशिएसन एफएले मोरिन्होलाई एक खेलमा स्टेडियम उपस्थित हुन नपाउने गरी प्रतिबन्ध लगाएको हो।

मोरिन्होले वेष्ट ह्यामसँगको खेलको मध्यान्तरमा रेफ्री जोन मोससँग उनको कोठमा गएर कुरा गरेका थिए। मोरिन्होले आफूले रेफ्री मोससँग कुरागर्दाको लवज र व्यवहार खेल नियम भन्दा बाहिरको भनि स्वीकार गरेपछि उनीमाथि प्रतिबन्ध लगाइएको एफएले जनाएको छ। एफएले मोरिन्होलाई ४० हजार पाउण्ड अथार्त ६४ लाख ७४ हजार नेपाली रुपैयाँ जरिबाना पनि तिराउने निर्णय गरेको छ। 
वेष्ट ह्यामसँगको खेलको मध्यान्तरमा रेफ्री मोससँग उनकै कोठामा गएर कुरा गरेपछि मोरिन्होलाई खेल मैदानको बेन्चबाट हटाइएको थियो। दोस्रो हाफको खेल डाइरेक्टर बक्समा उभिएर हेरेका थिए। मोरिन्होलो अब आउँदो शनिबार स्टोकसँग हुने चेल्सीको खेलमा स्टेडियम उपस्थित हुन पाउने छैनन्। तर मोरिन्होले एफएको कारबाही विरुद्ध अपिल गर्न भने पाउनेछन्। मोरिन्होले यस अघि पनि स्टेडियम प्रतिबन्ध र जरिबानाको कारवाही भोगी सकेका छन्। एजेन्सी

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar