कस्तो होला नायिका पूजनाको चकलेट ?

काठमाडौं – अभिनेत्री पूजना प्रधानको निर्माण र अभिनय रहेको चलचित्र ‘चकलेट’ आगामी १८ मंसिरदेखि देशभर प्रदर्शन हुने भएको छ । सडक बालबालिकाको कथामा आधारित चलचित्र चकलेटलाई निर्मल शर्माले निर्देशन गरेका हुन् ।चलचित्र चकलेटमा अभिनेत्री प्रधानको कथा रहेको छ । ‘मेरो खास रुचि अभिनयमै हो । यसपालि मैले चलचित्रको कथा पनि लेखेकी छु । यो मेरो पहिलो प्रयास हो,’ पूजनाले रातोपाटीलाई भनिन्, ‘यो सडक बालबालिकाको कथा हो । यो सहरमा मैले बारबार भोकानांगा असहाय बालबालिकालाई देखिरहन्थेँ । कहिले चर्को घाममा त, कहिले झरीमा रुझेर बेवारिसे डुलिरहेका बालबालिकाले मलाई धेरै अघिदेखि पगालेका थिए । अन्ततः म उनीहरुको कथा नलेखिरहन सकिनँ ।

पूजनाले आफ्नो कथा लेखनको पहिलो प्रयासलाई दर्शकले मन पराउनेमा विश्वास व्यक्त गरेकी छिन् ।
चलचित्र चकलेटमा अभिनेत्री पूजना प्रधानसँगै अभिनेता आयुषमान घिमिरे, नम्रता झा, अनुश शाक्य र नौ बालबालिकाले अभिनय गरेका छन् ।
Watch video here : 

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar