महिलाहरूलाई पुरुष मिलनको रहर कुन बेला अधिक हुन्छ ?
एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्म । यो
अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँछ । जर्मनीको युनिभर्सिटी अफ
बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त
निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग कुन समय यौनसम्बन्ध राख्दा
उनीहरूलाई बढी आनन्द अनुभूति हुन्छ भन्नेबारे सोधिएको थियो । यौन
विशेषज्ञहरूका अनुसार, महिनावारी पूरा भएको पाँचदेखि सात दिनसम्म यौनको
'मुड' मा बढी हुन्छ । महिनावारी पूरा भएपछि यौनका लागि उत्तेजित गर्ने
हार्मोन सक्रिय हुन्छ ।
अनुसन्धाताहरूले त्यस अवधिमा युवतीहरूको मस्तिष्कको तरंगमा समेत निकै
अध्ययन गरे । त्यस अनुसार, महिनावारीपछिको तीन दिनमा हुने सहवासले बढी
रमाइलो अनुभूति दिन्छ । यस्तो किन हुन्छ, पाँचौंदेखि सातौं दिनसम्म
गर्भाधारणको सम्भावना बढ्छ । यसैले यस अवधिमा सम्पर्कको तीव्र इच्छा जागृत
हुन्छ । त्यो सर्वेक्षणमा युवतीहरूले महिनावारीपछिका तीन दिन पूर्ण
यौनानन्दको चाहना राख्ने गरेको बताए । उनीहरूका अनुसार, त्यो बेला पाइने
यौनानन्द अन्य दिनको दाँजोमा निकै सुखद, आह्लादक हुन्छ । अध्ययनमा के पनि
पाइयो भने, महिनैपिच्छे तीन दिन गरिने सहवासले वैवाहिक जीवनलाई बढी रमाइलो
बनाउने रहेछ, दुवै पार्टनरबीच भविष्यमा यौनको विषयलाई लिएर दूरी पनि नबढ्ने
रहेछ ।

0 comments
Any Comments?