किन आउँछ डन्डीफोर ?
डन्डीफोरका चारवटा तह हुन्छन् । स्वास्थ्य विज्ञानले ग्रेड एकदेखि चारसम्म
यसको वर्गीकरण गरेको छ । डन्डीफोरको पहिलो चरण ‘ब्ल्याक हेड’ हो । काला
स–साना गिर्खा अनुहारमा भएको अवस्थालाई नै ब्ल्याक हेड मानिन्छ । चौथो
चरणमा पुगेको डन्डीफोरमा पीप र रगत नै जमेको हुन्छ । डन्डीफोर आइसकेपछि
त्यसमा ब्याक्टेरियाको इन्फेक्सन हुने भएकाले यसले छालालाई थप हानि
पु¥याउँछ । अनुहार, छाती, कुम र कहिलेकाहीँ ढाडमा पनि डन्डीफोर आउँछन् ।
कपडाले ढाक्ने भागमा डन्डीफोर आउँदा खासै फरक पर्दैन । तर, अनुहारमा
डन्डीफोरले दाग, धब्बा र स–साना खोपिल्टा छोडेर जाने भएकाले यो धेरैको
पिरलो बन्ने गरेको छ । डन्डीफोर धेरै चिल्लो छालामा देखिने रोग हो ।
यसबाट जोगिन छालालाई ड्राई राख्ने कुरामा ध्यान दिनुपर्छ । जीवनशैलीमा
ध्यान दिनुपर्छ । धेरै चिल्लो खानु हुँदैन । चकलेट धेरै खानेहरूलाई पनि
डन्डीफोरको समस्या देखिन सक्छ । डन्डीफोर आएकाले तेलबाट जोगिनुपर्छ ।
कपालमा तेल हालेर बस्ने गर्नु हुँदैन । अनुहारको चिल्लो हटाउन क्लिन्जिङ
गर्नुपर्छ । दिनमा तीनचारपटक मुख धुनुपर्छ । छालालाई सुक्खा बनाउने क्रिम
लगाउनुपर्छ । डन्डीफोरले निकै नै दुःख दिएको छ भने एन्टिबायोटिक क्रिम
लगाउने र औषधि खानुपर्ने पनि हुन्छ । डन्डीफोरले बिगारिसकेको अनुहारको
छालालाई सफा बनाउन औषधि र क्रिमले मात्र काम गर्दैनन् ।
यसका लागि लेजर थेरापी गर्नुपर्छ । डन्डीफोरका कारण दाग बसेको छालालाई
मेसिनको सहायताबाट हटाउने विधि प्रयोग गरी उपचार गर्नुपर्छ । यो विधिमा दाग
बसेको छालाको बाहिरी तहलाई हटाउने र नयाँ छाला पलाउने अवस्था सिर्जना
गरिन्छ । यसो गर्दा समेत अनुहारको शतप्रतिशत दाग भने जाँदैन । केही कम गर्न
सकिन्छ । डन्डीफोर आउन थालेपछि त्यसलाई कोट्याउने तथा निचोर्ने नगरी
विशेषज्ञ चिकित्सकलाई देखाएर थोरै सावधानी अपनाउँदा अनुहारमा आउने
समस्याबाट बच्न सकिन्छ ।

0 comments
Any Comments?