तीन महिनादेखि जारी तराई मधेश आन्दोलनसंगै तस्करी र कालोबजारी मौलायो
आन्दोलनकारीहरुले प्रर्दशनको क्रममा ग्रामीण क्षेत्रमा रहेका प्रहरी
चौकीहरुलाई लक्षित गरेर आगजनी गरेपछि जिल्ला प्रहरी कार्यालयले उक्त प्रहरी
चौकी खाली गराईसकेको छ । ग्रामीण तथा भारतीय सीमा क्षेत्रका प्रहरी
चौकीहरु खाली गराईएपछि तस्करहरुले सहजरुपमा भारतीय नाकाबाट मालसमान नेपाल
भित्र्याउने गरेका स्थानीयहरु बताउंछन् । उनीहरुले विशेष गरेर रातिको समयमा
मालसामान भित्र्याउने गरेको स्थानीयहरुले बताए । तस्करहरुले बन्द हड्तालको
मौका छोपेर कालोबाजारी गर्ने गरेका छन् ।
भारतीय सीमाबाट धनुषामा मात्र दैनिक लाखौंको मालसमान नेपाल भित्रिने गरेको
एक व्यापारीले बताए । धनुषाको जटही सीमानाकामा नाकाबन्दी गरेर धर्ना दिएपनि
तस्करहरुले अन्य नाकाबाट मालसमान ओसारपोसार गर्ने गरेका छन् । यी नाकाबाट
तस्करी गरी ल्याइएको पेट्रोल प्रति लिटर पाँच सय सम्म विक्री गर्ने गरेका
छन् । खाना पकाउने ग्यासँप्रति सिलिण्डर ४ हजार रुपैयाँ सम्म विक्री गर्ने
गरेकाले उपभोक्ता निकै मारमा परेका छन् । अनिश्तिकालीन आमहड्तालले झण्डै
तीनमहिनादेखि धनुषाका उद्योग,कलकारखाना, यातायात,बजार, शिक्षण संघसंस्था
पूर्ण रुपले ठप्प छ । यसको फाईदा लिनकालागि केहि व्यापारीहरु तस्करहरु संग
मिलेर कालोबजारी गर्ने गरेको तमलोपाका जिल्ला अध्यक्ष परमेशवर साहले
स्वीकारे ।

0 comments
Any Comments?