भारतीय मिडियामा केपी ओलीले नरेन्द्र मोदीलाई थर्काएको समाचारले सन्सनी मचायो

काठमाडौँ १९ कार्तिक । भारतीय संस्थापन निकट मानिने पत्रिका नवभारत टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्रीलाई थर्काउने नेपालका पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको छ ।नेपाल–भारतबीचको अमूल्य सम्बन्ध जोगाउनै पर्ने वकालत गर्दै नवभारत टाइम्सले सम्पादकीयमार्फत ओलीलाई भारतीय संस्थापनसमक्ष कडा रुपमा प्रस्तुत हुने नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा चित्रित गरेको हो ।सो पत्रिकाले प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण नेपालले पहिलो पटक भारतभन्दा अर्को मुलुकबाट इन्धन आपूर्ति गरेको किटानीसमेत गरेको छ ।
‘आफ्नो प्यारो छिमेकी नेपालसित राम्रो सम्बन्ध कहिल्यै यति खराब हुनेछ भन्ने कल्पना दुवै देशका जनताले सायदै गरेका थिए होला । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक किसिमले चेतावनी नै दिए कि, नेपालको आन्तरिक मामलामा भारतले दख्खल नगरोस् । उनले नेपालको तराई क्षेत्रमा भारतले हिंसा भड्काएको आरोप समेत लगाए’, सम्पादकीयमा सो पत्रिकाले भनेको छ, ‘भारतको लागि यस्तो भाषा प्रयोग गर्ने हिम्मत आजसम्म कुनै नेपाली प्रधानमन्त्रीले गरेका थिएनन् । यति मात्र होइन नेपालले पहिलोपटक चीनबाट तेल ल्याउन सुरु सुरु पनि ग¥यो । जबकि अहिलेसश्म्म भारतबाट मात्रै त्यहाँ तेल जान्थ्यो ।’
सो पत्रिकाले नेपाललाई लिएर भारत सरकार कुनै अतिरञ्जनाको शिकार त भएको छैन भन्ने प्रश्न पनि गरेको छ । ‘लाग्छ भारतलाई आफ्नो नजिकको देश सम्झिने नेपालभित्र यसलाई लिएर भयंकर असमझदारी उत्पन्न भएको छ । यस्तो किन भयो ? यो हाम्रो विदेश नीतिको लागि ठूलो सवाल हुनुपर्छ । कतै हामी नेपाललाई लिएर कुनै अतिरञ्जनाको शिकार त भइरहेका छैनौं’, सम्पादकीयमा भनिएको छ ।’नेपालको नयाँ संविधानलाई लिएर भारतीय मूलका मधेसी समुदाय पछिल्लो डेढ महिनादेखि आन्दोलनमा उत्रिरहेका र गत सोमबार आन्दोलनकारी प्रहरीको झडपमा एक भारतीयको मृत्यु भएको उल्लेख गर्दै पत्रिकाले त्यसको केही घण्टामै नेपाली प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई कडा जवाफ दिएको बताएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

,

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar