राजेन्द्र महतोलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
प्रशासनले लगाएको कर्फ्यूलाई अवज्ञा गर्न खोजेपछि प्रहरीले महतोलाई वीरगञ्ज
प्रवेशमा रोक लगाएको पर्सा जिल्ला प्रहरीबाट खटिएका एक जना इन्स्पेक्टरले
दैनिक नेपाललाई जानकारी दिए । प्रहरी स्रोतले दिएको जानकारी अनुसार महतोको
आगमनले वीरगञ्जको स्थिती झन् बिग्रिन सक्ने र यहाँको शान्ति सुरक्षाको
अवस्था नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै प्रशासनले महतोलाई रोकेको हो
। आफ्ना दर्जनबढी कार्यकर्तासहित महतो हिजो घाईते भई नारायणी उपक्षेत्रीय
अस्पतालमा उपचार गराई रहेका प्रदर्शनकारी भेट्न वीरगञ्ज जान लागेको सदभावना
पार्टीले जनाएको छ ।
तर, प्रहरीले कुनै हालतमा पनि वीरगञ्ज प्रवेश गर्न नदिने र जबरदस्ती गर्न
खोजे जेल हाल्ने चेतावनी दिएपछि महतो फर्कन बाध्य भएको सद्भावना पार्टीका
एक नेताले बताए । जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार
वीरगञ्जको माहौल साम्य पार्न महतोलाई आउन नदिन तथा टाढै राख्न केन्द्रबाटै
निर्देशन आएको छ । शान्ति सुरक्षा बिग्रिने अवस्थामा महतोलाई पक्राउ गर्न
समेत गृह मन्त्रालयले निर्देशन दिएको जानकारी प्रहरी उच्च स्रोतले बताएको छ
।
मधेश आन्दोलनको क्रममा महतो जति पटक वीरगञ्ज आए त्यति पटक नै यहाँको अवस्था
बिग्रेको र प्रहरीले बाध्यतावश बल प्रयोग गरि कर्फ्यू समेत लगाउने अवस्था
सिर्जना हुने गरेको छ । यसअघि महतोले वीरगञ्जमा लगाएको कर्फ्यूको उल्लंघन
गरेर अस्पताल पुगेर मृतक र घाईते भेटी आन्दोलन उक्साएका थिए । पछिल्लो पटक
अस्पताल परिसर पुगेका महतोले त्यही चर्को भाषण गर्दा स्थिति नियन्त्रण
बाहिर गएको र प्रहरीले बाध्य भएर हवाई फायर गरेको थियो ।

0 comments
Any Comments?