फेला पर्यो जँड्याहा धुम्रकेतु, पृथ्वीलाई रक्सीले नुहाइदिने
रक्सीसँगै उसले चिनिपनि निकालिरहेको छ।कुनैपनि धुम्रकेतुमा इथाइल अल्कोहल
फेला परेको यो पहिलोपटक रहेको अमेरिकी अन्तरीक्ष संस्था नासाले जनाएको छ
।धुम्रकेतुले अल्कोहल उत्पादन गर्नुबाट पृथ्वीमा जिवको विकाशको श्रोत
धुम्रकेतुहरुमा उत्पत्ति भएका जटिल अणुहरु नै रहेको हुनसक्ने निष्कर्षलाई
बल पुगेको शोधकर्ताहरुको भनाइ छ ।
फ्रान्सको पेरिसस्थित अब्जर्भेटरीका शोधकर्ता निकोलस बाइवरका अनुसार यो
धुम्रकेतुले आफ्नो चरम सक्रियताका दौरान अन्तरीक्षमा अल्कोहल उत्सर्जन
गरिरहेको छ । उक्त धुम्रकेतुले निकालिरहेको पदार्थमा अल्कोहल र चिनीसँगै
विभिन्न २१ वटा जैविक अणुहरु पाइएका छन् ।पृथ्वीको अक्षको नजिक रहेका
धुम्रकेतुमध्ये लभजोय सबैभन्दा सक्रिय धुम्रकेतुमा पर्छ । गत जनवरी ३० वर्ष
सूर्यको सबैभनदा नजिकबाट गुजि्रँदा यसले २० टन प्रतिसेकेण्डको गतिमा पानी
उत्सर्जन गरेको थियो । – एजेन्सी

0 comments
Any Comments?