नियमित सेक्सले मृगौलाको पत्थरी निको हुने !

टर्कीमा हालै भएको एक अध्ययनको निष्कर्षले विशेषज्ञहरु नै आश्चर्यमा परेका छन् । उक्त अनुसन्धान अनुसार हप्तामा कम्तीमा पनि ३,४ पटक सेक्स गर्ने मानिसको मृगौलाको पत्थरी स्वतः आफ्नै हट्दछ र पत्थरी रोग निको हुन्छ ।मुत्र विशेषज्ञहरुले समेत यो निष्कर्षमा सहमत हुँदै सम्भोगका बेला मानिसको सरीरमा उत्सर्जन हुने एक महत्वपूर्ण यौगिक तथा रक्तसंचार र मुटुको स्वास्थ्यमा आउने सुधारले मृगौलाका साना तिना पत्थरीलाई आफै बाहिर निकाल्नका लागि सहयोग गर्दछ ।मुत्र विशेषज्ञका अनुसार सम्भोगका दौरान मानिसको सरीरमा नाइट्रिक अक्साइडको निर्माण हुन्छ र उत्तेजनाको अवस्थामा मुत्रनलीबाट बाहिर निस्किन्छ, जुन निकै आनन्ददायक हुन्छ । साथै यसले मुत्रनली तथा मृगौलाका स साना छान्ने नलीहरुको मांशपेशीलाई मजबुत बनाउने काम पनि गर्छ ।
टर्कीको अंकारास्थित क्लिनिक अफ अंकारा ट्रेनिंग एण्ड रिसर्च हस्पिटलका शोधकर्ताहरुले शोधमा संलग्न ७५ जना मानिसलाई ३ समूहमा विभाजन गरेका थिए ।त्यसक्रममा मृगौलामा ५ मिलिमिटर भनदा सानो आकारका पत्थरी भएका मध्ये ८३ प्रतिशत मानिसको नियमित सेक्सका कारण मृगौलाको पत्थरी आफै बाहिर निस्किएर हटेको पाइयो ।डाक्टरहरुले नियमित सम्भोगले मृगौलाकेा पत्थरी हटाउनमा सहयोग गर्ने सम्भावना रहेपनि यसलाई पुष्टि गर्नका लागि अझै धेरै अध्ययनको आवश्यकता रहेको भन्दै पत्थरीका बिरामीलाई उपचार छाडेर तत्काल सम्भोग तर्फ लाग्न सल्लाह दिन नसकिने बताए ।पत्थरीका बिरामीले डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्ने, पर्याप्त पानी पिउने तथा अल्कोहलको सेवन नगर्ने जस्ता उपाय अपनाउनु पर्ने सुझाव डाक्टरहरुको रहेको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar