सीमराका स्थानीयले राजेन्द्र महतोको मोटरसाइलको चाबी खोसे

१८ कात्तिक, बारा । जनतालाई नाकाबन्दी गरेर आफू भने मोटरसाइकलमा हिँडेको भन्दै सिमराका स्थानीयबासीले सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको मोटरसाइकलको चाबी खोसेका छन् ।महतो सिमरास्थित इलाका प्रहरी कार्यालयमा थुनामा रहेका पार्टीका गढीमाई नगर कमिटी अध्यक्ष रामबाबु साहलाई भेट्न पुगेका थिए । 
बन्दको अवज्ञा गरेको भन्दै जीतपुरमा सवारी साधन तोडफोड गरेको भन्दै प्रहरीले साहलाई पक्राउ गरेको थियो । सुरुमा महतोलाई प्रहरीले साहसँग भेट्न दिएनन् ।तर, उनका कार्यकर्ताले केहीबेर नाराबाजी गरेपछि प्रहरीले सद्भावना अध्यक्ष महतोलाई साहसँग भेट गराए ।
भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै सद्भावना अध्यक्ष महतोले आफूहरुको नाकाबन्दी आन्दोलनलाई अन्तराष्ट्रिय समुदायको समर्थन रहेको बताए । ‘लामो समय सडक आन्दोलन गरेका जनताले नाकाबन्दी आन्दोलन गर्दा त्यसमा कसैले सहयोग गर्नु अपराध होइन’ उनले भने ।सञ्चारकर्मीहरुसँग कुराकानी गरिरहँदा महतो स्थानीयबासीको घेरामा परे । नाकाबन्दी कहिले खुल्छ, जनतालाई सास्ती दिने भन्दै उनलाई स्थानीयबासीले घेरा हालेपछि तनाव सुरु भएको थियो ।
जनतालाई नाकाबन्दी गरेर आफू मोटरसाइकलमा हिँडेको भन्दै स्थानीयले महतो चढेको मोटरसाइलको चाबीसमेत खोसेका थिए । घटनापछि प्रहरीले महतोलाई सुरक्षा दिएर वीरगञ्जतर्फ पठाएको छ ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar