केरा बोक्ने तुषार, मख्ख पर्ने सन्नी लियोनी

बलिउडमा पाइला राखेपनि आफ्नो सेक्सी छविलाई किनारा लगाउन सकेकी छैनन् नायिका सन्नी लियोनीले । सन्नी लियोनीले बलिउडमा खासै राम्रा चलचित्र पाएकी पनि छैनन् । उनले काम गरेका हरेक चलचित्रमा उनको जवानी नै पोखिएको हुन्छ ।उनै सन्नीले अभिनय गरेको चलचित्र ‘मस्तिजादे’को २ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा सन्नी लियोनी र तुषार कपुरलाई देखाइएको छ । तुषार कपुर ठूलो केरा बोकेर पोष्टरमा उभिएका छन् । यता, सन्नी भने हट अवतारमा मख्ख देखिएकी छिन् ।
चलचित्रलाई लामो समय सेन्सर बोर्डले पास गर्न सकेको थिएन । चलचित्र भित्र समावेश गरिएका उत्तेजक दृश्यका कारण चलचित्र सेन्सरको झमेलामा पर्यो । तर, सेन्सर पास भएपछि भने अब पोष्टर सार्वजनिक गर्दै यसको प्रचार आरम्भ गरिएको हो । ‘रागिनी एमएमएस २’लाई छाड्ने हो भने सन्नी लियोनीका लागि बलिउड सुखद बन्न सकेको छैन ।

0 comments

Any Comments?

Celebrity News, Gossip, Entertainment News, Celebrity Gossip, World Breaking News, Health and Medical News, Bollywood, Hollywood , Kollywood, Movie Trailers, Nepali Movie HD, Nepali Gossip, Kantipur Samachar