Filmy Khabar
»
प्रियंकाले लिइन् चार मिनेटको एक सय २५ करोड भारु
प्रियंकाले लिइन् चार मिनेटको एक सय २५ करोड भारु

बलिउड अभिनेत्री प्रियंका चोपडाले स्टेजमा निकै महँगो नृत्य प्रस्तुत
गरेर समाचार बनेकी छिन् । उनले स्टार गिल्ड अवार्ड–२०१५ मा स्टेजमा सानदार
प्रदर्शन गरिन् । उनले फिल्म गुन्डेको अस्सलामे ए इस्कुम बोलको गीतमा जम्मा
चार मिनेट नृत्य गरेकी थिइन् । आयोजकले यस चार मिनेटको नृत्यका लागि
प्रियंकालाई एक सय २५ करोड भारतीय रुपैयाँ दिएको बताएका छन् । योसँगै
प्रियंका स्टेजमा सबैभन्दा बढी रकम लिने बलिउड हस्तीमा परेको बताइएको छ ।
प्रियंकाको प्रस्तुति भने कार ओर्लेदेखि नै सुरु भएको थियो । उनी आफ्नो
कारबाट ओर्लेर हिँड्ने रातो कार्पेटमै क्यामेरा जडिएको थियो । जसले उनको
प्रवेशलाई भव्य बनाएको थियो । यस प्रस्तुतिका लागि प्रियंका र उनको टिमले
निकै मिहिनेत गरेको पनि बताइएको छ ।
0 comments
Any Comments?