रक्सी सेवनमा कम गर्ने गागाको निर्णय
हलिउडकी मादक जोवन र सुरिली स्वरकी धनी लेडी गागाले एक महत्वपूर्ण निर्णय लिएकी छिन् । गागाले अब रक्सी सेवनमा कम गर्ने बताएकी छिन् ।
उनले अब आफू खुसी भएको भन्दै रक्सीलाई हात नलगाउने निर्णय गर्न पुगेको बताएकी हुन् । उनले एक कन्सर्टका दौरान आफ्ना प्रशंसकहरुका माझ आफ्नो जीवनको खुलासा गर्दै आफूले साथी भेटेको बताएकी छिन्, जसले उनलाई धेरै प्रेम गर्ने उनको भनाई छ । गागाले आफ्नो प्रेमी टेलर किन्नीतर्फ संकेत गर्दै यो कुरा बताएकी हुन् ।
गागाका नजिकका व्यक्तिहरुका अनुसार पनि अहिले उनी निकै खुसी छिन् । उनका नजिककाहरुले गागाको जीवनको खराब दिनहरु गुज्रिसकेको बताउन थालेका छन् ।

0 comments
Any Comments?