संविधान संशोधनको काम अघि नबढाए कांग्रेसले रोस्ट्रम घेर्ने
‘संशोधन प्रस्ताव अघि बढाउन कांग्रेसले संसदीय अभ्यासभित्रका सबै प्रक्रिया
अवलम्बन गर्नेछ,’ कांग्रेस केन्द्रीय सदस्य फर्मुल्लाह मन्सुरले भने,
‘तराई–मधेसका समस्या तत्काल समाधान गर्नुको विकल्प छैन।’प्रमुख तीन दल
नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादी शीर्ष नेताको
प्रतिबद्धताअनुसार सुशील कोइराला नेतृत्व सरकारले समावेशिता, समानुपातिक
सहभागिता तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने
व्यवस्थाका लागि संविधान संशोधन प्रस्ताव दर्ता गराइसकेको छ।
तर, एमाले नेतृत्वको सरकार संविधान संशोधनको उक्त प्रस्तावप्रति गम्भीर
नभएको ठहर गर्दै कांग्रेस केन्द्रीय समिति बैठकले संशोधन प्रस्ताव अघि
बढाउन संसदमा दबाबमूलक कार्यक्रम अघि बढाउनुका साथै संशोधनका पक्षमा जनमत
निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ।

0 comments
Any Comments?